खोटाङको बराहपोखरीमा रातो माछाको संख्या घट्दो क्रममा

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु । खोटाङको बराहपोखरीमा रहेका माछाको संख्या क्रमश घट्दै जान थालेको छन् । जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर १ बराहपोखरीमा अवस्थित रहेको उक्त पोखरीमा रहेका रातो माछा पछिल्लो समयमा निरन्तर रुपमा घट्दै जान थालेको हुन् ।

बाराहा पोखरी ताल जिल्लाको दक्षिणी भेगमा अवस्थित रहेको छ । यस पोखरी ८०० मिटर लामो र ५०० मिटर चौडाइ रहेको समुन्द्री सतहबाट १७०० उचाइमा फैलिएको छ ।

नेपाल सरकारले घोषणा गरेको सय गन्तव्यमा पर्न सफल बाराहा पोखरी तालमा विश्वमै लोपोन्मुख मानिएको रातो माछा पाइनु यस पोखरीको प्रमुख बिशेषता हो ।

वि.स २०७२ सालको भुइचाँलो पछि पोखरीमा पानी समेत घटेको भएपनि यस वर्ष भने पानी बढेको स्थानीयले बताएका छन् ।

पोखरीमा पाइने रातो माछा भुरा अवस्थामा कालो हुने, त्यस पछि कुनै सेतो हुने र छिपिदै गएपछि रातो हुने गर्दछन् । रातो माछा हराउदै जानुमा प्रमुख कारण जल हाँस रहेकाले त्यसबाट रातोमाछा जोगाउन आफुहरु लागि परेको वडा अध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो ।

रातो माछा अवलोकन गर्न कै लागि पनि पर्यटक आउने गरेको उहाँको भनाइ छ । बिशेष गरी बराहपोखरीमा एकादसी, बालाचर्तुदशी, माघेसंक्रान्ती, रामनवमी, नयाँ वर्ष र साउनको सोमबार व्रत बसेका भक्तजनहरुले मन्दिरको दर्शन गर्ने गरेका स्थानीयहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार