रक्षामन्त्री राईद्वारा बिरामी तामाङको उद्दार

  हिमाल समाचार
623 Shares

सोलुखुम्बु । रक्षामन्त्री राईले विगत लामो समयदेखी फाप्लुमा उपचाररत बिरामी तामाङको उद्दार गर्नु भएको छ । नेपाल सरकारका रक्षामन्त्री मानविर राईले सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुका का बिरामी रिन्जी तामाङलाई आर्मीको हेलिकप्टर मार्फत काठमाडौ लैजानु भएको हो ।

रक्षामन्त्री शुक्रबार गृह जिल्ला सोलुखुम्बु आउनु भएको थियो । लामो समयदेखी उपचार गराइ रहनु भएका तामाङलाई थप उपचारका लागि हस्पिटलले काठमाण्डौँ  रेफर गरेको थियो ।

 

बिरामी तामाङलाई बर्खाको बाटो भएकाले सवारीबाट मार्फत काठमाण्डौँ लैजान असहज भएको पारिवारीक श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार