सोलुमा स्कुलबाट घर फर्कदै गरेको बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

  हिमाल समाचार
7.4k Shares
khola ma mareko

सोलुखुम्बु । सोलुखुम्बुमा स्कुलबाट घर फर्कदै गरेको बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर– ४ मुलखर्कको साउने पोखरीमा स्कुलबाट घर फर्कदै गर्दा बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज तीन जना विद्यार्थी विद्यालयबाट घर फर्कने क्रममा पौडि खेलेको र बिक्रम तामाङको छोरा वर्ष ७ को प्रशन्न तामाङको डुबेर मृत्यु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्की जानकारी दिनुभयो ।

घटनस्थलमा प्रहरी चौकी सुकेबाट प्रहरी पुगिसकेको छ भने इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको टोलि जाँदै गरेको सोलुखुम्बुका प्रमुख नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण आउन भने रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार