चट्याङले खोटाङ ऐँसेलुखर्कमा ३ जना घाइते

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु । चट्याङले खोटाङ ऐँसेलुखर्कमा ३ जना घाइते भएका छन् । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका ३ मा गए राती परेको चट्याङले तीन जना गम्भीर घाइते भएका हुन् ।

ऐंसेलुखर्क ३ पातेलका मोहन भुजेलको छोरा २१ वर्षीय डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छोरी छ वर्षीया अनिशा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी छोरी १५ वर्षीया समीक्षा दर्जी घाइते भएका गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

चट्याङले गम्भीर घाइते भइ बेहोश बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पु¥याएको प्रहरीले जनाएको छ ।

तीनैजनाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी बताउनुभयो ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त रहेको छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चट्याङले विद्युतीय सामग्रीमा पनि ठूलो क्षति भएको प्रवक्ता राजभण्डारीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार