सोलुखुम्बु । सोलुखुम्बुको थामेबासीलाई पुनस्थापनाका लागि ६६ लाख बढी राहत सहयोग जुटेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा गएको साउन ३२ गते बाढीबाट प्रभावित भएकाहरुलाई पुनस्थापनाका लागि ६६ लाख ३५ हजार ४ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
सबैभन्दा बढी रकम हिमालय ट्रष्ट नेपालले ३५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै काठमाण्डौँ महानगरपालिकाले २० लाख, पासाङल्हामु फाउण्डेशनले ५ लाख, पाङबोचेबासीबाट संकलन भएको ३ लाख ४४ हजार ३ सय ५५, रोटरी क्लब काठमाण्डौँले २ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
यस्तै नाम नखुलेको ३ वटा संस्थाले ११ हजार १ सय रुपैयाँ र जुनिता रेग्मी मगरबाट ५ हजार रुपैयाँ गाउँपालिकाको विपत व्यवस्थापन खातामा जम्मा भएको पालिकाले जनाएको छ ।
यस अघि सोलुदुधकुण्ड नगरपालिकाले २१ लाख बराबरको राहत हस्तान्तरण गरिसकेको छ ।