स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्षसहित ३ सहकारी ठगीमा पक्राउ

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु । स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवर सहित अन्य ३ जनालाई सहकारी ठगी प्रकरणको आरोपमा पक्राउ गरिएको छ ।

जिल्लाको स्याङ्जा गाउँपालिका वडा नम्बर १ मा सञ्चालनमा रहको सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३ करोड ६६ लाख रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पालिका अध्यक्ष कुँवर, सहकारी सञ्चालक समिति सदस्य तारेन्द्र बहादुर केसी, सहकारी म्यानेजर जिवन वाग्ले रहेका छन् ।

मुक्तिनाथ विकास बैक विरुवा शाखाका कर्मचारी सन्ध्या भण्डारीलाई पनि पक्राउ गरेको स्याङजा प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारीलाई भने प्रहरीले १ लाख धरौटीमा रिया गरेको छ । यस्तै अन्य प्रहरीको हिरासतमा रहेका छन् । उनीहरुलाई गत साउन १० गते पक्राउ पुर्जी गर्ने आदेश भए बमोजिम पक्राउ गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार