सोलुदुधकुण्ड नगरद्वारा अपांगता भएका व्याक्तिहरुलाई सहयोगी सामग्री प्रदान

  हिमाल समाचार
595 Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले अपांगता भएका व्याक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको छ । आइतबार नगरपालिकाको ११ वटै वडाका अपांगता भएका ३३ जना व्याक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको हो ।

उनीहरुलाई ८ प्रकारका सामग्रीहरु प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वितरण गरिएका साम्रगीहरुमा White cane, Toilet chair, Air mattress, Knee cap, Thoracic Belt र Hearing Aid  रहेका छन् ।

उक्त सामग्रीहरु करुणा फाउण्डेशन नेपाल, कोशी प्रदेश सरकारको त्रिपक्षीय लागत साझेदारीमा खरिद गरेर नगरपालिकामा पहिचान भएका मध्येलाई छनोट गरेर हस्तान्तरण गरिएको करुणा फाउन्डेशन नेपालका पालिका संयोजक सुप्रिया श्रेष्ठले बताउनुभयो ।

हाल नगरपालिकामा अपांगता भएका व्याक्तिको संख्या  ४ सय ७३  जना रहेको छ । जसमा गत बैशाखमा आयोजना गरिएको अपांगता रोगथाम तथा पुनः स्थापना शिविर मार्फत नयाँ १  सय जना पहिचान भएका छन् ।

नगर उपप्रमुख गान्धीमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको साथै अपांगता भएका व्याक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार