ओखलढुंगा मोलुङका कटवालद्वारा ५१ हजार बढीको अक्षयकोष स्थापना

  हिमाल समाचार
840 Shares

सोलुखुम्बु । ओखलढुंगाको मोलुङका कटुवालद्वारा ५१ हजार बढीको अक्षयकोष स्थापना गरिएको छ । जिल्लाको मोलुङ गाउँपालिका ६ का समाजसेवी गणेश बहादुर कटवालले बुवाको मुख हेर्ने दिनको अवसर पारेर चुच्चेडुङ्गा आधरभुत बिधालयमा ५१ हजार १ सय ५१ रुपैयाँको अक्षय कोषको स्थापना गर्नु भएको हो ।

दिवंगत बुबाको सम्झनामा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तरका लागि अक्षयकोष स्थापना गरेको कटवालले बताउनुभयो ।

 

उक्त कार्यक्रममा मोलुङ गाउँपलिका कार्यपलिका सदस्य किन्जु शेर्पा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न बिधालयका शिक्षाका प्रतिनिधिहरू, अभिभावकहरू विद्यार्थीहरूको उल्लेखनीय सहभागी रहेको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गंगामाया सुनुवारको सभापतिमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेको अक्षयकोष दाता कटवालले यसअघि पनि कालिका मध्यमिक विद्यालयम समेत अक्षयकोष स्थापना गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार