सोलु कारागारमा क्षमता भन्दा ४ गुणा धेरै कैदी बन्दी

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु् । जिल्ला कारागार सोलुखुम्बुमा क्षमता भन्दा ४ गुणा धेरै कैदी बन्दी रहेको पाइएको छ । जिल्ला कारगारको कैदी बन्दी राख्ने क्षमता २५ जना भए पनि हाल १ सय ४ जना कैदी बन्दी रहेको पाइएको हो ।

जसमा ९३ जना पुरुष र ११ जना महिला रहेको कार्यालयका कम्प्युटर अपरेटर दिलिप शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कारागारमा २० जना पुरुष र ५ जना महिलाको लागि गरेर २५ जनाको क्षमता भए पनि हाल १ सय ४ जनालाई जसोतसो मिलाएर राखिएको छ ।

सबैभन्दा बढी जवरजस्तीकरणीका र कर्तव्य ज्यान सम्बन्धीका रहेका छन् । हाल महिलाको लागि छुट्टै कारकागारको निमार्ण भइरहेकाले उक्त कारागार सञ्चालनमा आएपछि केहीहतसम्म भएपनि सहज हुने बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार