सोलुखुम्बु । नेपाल सरकारका रक्षामन्त्री राईसँग भारतका प्रतिनिधिमण्डल बिच भेटवार्ता भएको छ । रक्षामन्त्री मानविर राईसँग सोमबार राष्ट्रिय रक्षा कलेज भारतका प्रतिनितिमण्डल बिच शिष्टाचार भेटवार्ता भएको हो ।
रियर एडमिरल सन्दिप सिंह सन्धुको नेतृत्वमा आएको प्रतिनिधिमण्डल लाई माननीय रक्षामन्त्री राईले मन्त्रालयमा स्वागत गर्नु भएको थियो ।
उक्त भेटको क्रममा उहाँले नेपाल र भारतबीच रहेको गाढा सम्बन्ध, असल छिमेकिपन र सौहार्दताको उल्लेख गर्नुभयो ।
साथै भारतबाट नेपाली सेनालाई प्राप्त सहयोग, तालिमका लागि धन्यवाद व्यक्त गर्नुभयो । प्रतिनिधि मण्डलका प्रमुख सन्धुले माननीय मन्त्रीलाई भेट र न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।