अविरल वर्षाका कारण साल्मेमा पहिरो जादा सडक अवरुद्व

  हिमाल समाचार
1.6k Shares

सोलुखुम्बु । अविरल वर्षाका कारण साल्मेमा पहिरो जादा सोलुखुम्बु भित्रिने नाका अवरुद्व भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ साल्मे क्षेत्रमा मंगलबार दिउँसो पहिरो जादा सडक अवरुद्व भएको हो ।

सडक माथिबाट लेदो सहितको पहिरो खसेर सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उक्त अवरुद्व सडकलाई सडक विभागको कर्मचारीको समन्वयमा स्काइभेटरको पयोग गरेर खुलाउने प्रयास भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । – फायल फोटो     

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार