सोलुखुम्बु । नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुले फलफुल वितरण गरेको छ । आज बुधबार नेपाल निजामती कर्मचारी युनियन दिवसको अवसर पारेर जिल्ला अस्पताल फाप्लुमा उपचाररत विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दे फलफुल वितरण गरिएको हो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिका अध्यक्ष दिनेश कुमार राईको सभापतित्वमा २४ जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
उक्त फलफुल वितरण कार्यमा जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धीमाया तामाङ, युनियनका केन्द्रिय सदस्य अमृता कार्की र जिल्ला अस्पताल फाप्लुका प्रमुख डा. प्रशान्त कुमार शाह उपस्थित रहेको थियो ।
यस्तै युनियनका कोशी प्रदेश उपाध्यक्ष कमला तामाङ लगायतको उपस्थितिमा उक्त फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको युनियनका जिल्ला कार्य समिति उपाध्यक्ष केशव ढुंगानाले बताउनुभयो ।