सोलुखुम्बु । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले २४ वटा तालिम प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न २४ प्रकारका तालिमहरु प्रदान गरेको हो ।
प्रदान गरिएको तालिममा २० वटा स्तरोउन्नतिका र ४ वटा नयाँ रहेका कार्यालयका कम्प्युटर अपरेटर सुनिता राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुत्ताचप्पल बनाउने र पलम्बर सम्बन्धीका २/२ वटा, गलैचा बुनाइ एउटा, हाउस वाइरिङ ९ वटा रहेका छन् ।
उद्यम विकास सम्बन्धि ५ वटा, मह प्रशोधनको २ वटा, फाइबरको खेलौना गुडिया बनाउने एउटा र सिलाइ कटाइको २ वटा रहेका अपरेटर राईले बताउनुभयो ।
उक्त तालिमबाट २ सय १० जना महिला र १ सय ५४ जना पुरुष गरेर कुल ३ सय ६४ जना लावांभित भएको कार्यालयले जनाएको छ ।