नेपाल रेडक्रस सोसाइटी सोलुले मनायो ६२ औं स्थापना दिवस

  हिमाल समाचार
413 Shares

सोलुखुम्बु । नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुले ६२ औं स्थापना दिवस मनाएको छ । आज बुधबार मानवतालाई जिवि राखौं भन्ने नाराका साथ सोलुखुम्बु जिल्ला शाखामा ६२ औं स्थापना दिवस मनाइएको हो ।

सन् २०२० साल भाद्र १९ गते विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

वि.सं. २०२० साल माघ २४ गते तत्कालीन नेपाल सरकारले जेनेभा महासन्धिहरूमा हस्ताक्षर गरी सम्मिलित भएपछि प्रचलित कानुनअनुसार राष्ट्रभरि कार्य गर्ने गरी नेपाल रेडक्रसलाई सरकारबाट मान्यता प्राप्त भएको थियो ।

कुनै पनि धर्म, वर्ण, लिङ्ग, वर्ग, जात, जाति, राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रसको उद्देश्य रहेको छ ।

हाल नेपाल रेडक्रस सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, सबै स्थानीय तहमा गरी १ हजार ६ सय ३ उपशाखा, १ सय ३३ सहयोग समिति र ६ हजार ६ सय ३२ जुनियर तथा युवा रेडक्रस सर्कल गरी ८ हजारभन्दा बढी रेडक्रसका निकायहरूको सांगठनिक सञ्जाल रहेको छ ।

यी सबै निकायहरूमा गरी १२ लाखभन्दा बढी सदस्य र स्वयंसेवकहरू आवद्ध रहेका छन् । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूपका विपद् व्यवस्थापन, स्वास्थ्य सेवा र अन्य सेवामूलक गतिविधिहरूमा सहयोगी भूमिका निर्वाह गर्दछ ।

दिवसको अवसरमा सोलुखुम्बु जिल्ला शाखाले यस वर्ष विभिन्न कार्य गर्न सहयोग  पुर्‍यााएकोमा नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ ।

जिल्ला शाखाका सभापति रामकाजी श्रेष्ठ ज्युको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनि शाखा कार्यलय सोलुका प्रबन्धक प्रकाश बाबु कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार