सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कुकुर बन्ध्याकरण र रेविज विरुद्वको खोपको सुरुवात भएको छ । आज शुक्रबारबाट उक्त कार्यक्रमको सुरुवात भएको हो ।
पहिलो दिन पालिकाका सामुदायिक, सडक र घरपालुवा गरेर ४७ वटा कुकुरको बन्ध्याकरण गरिनुका साथै रेविज विरुद्वको खोप लगाइएको गाउँपालिकाले जनाएको छ ।
पहिलो दिन विशेष गरी वडा नम्बर ३ को विहिबारे बजार आसपासका कुकुरहरुलाई बन्ध्याकरण गरिनुका साथै रेविज विरुद्वको खोप लगाइएको पालिकाका पशु सेवा प्राविधिक दिनेश ढुंगानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाहिरबाट १० जना जनशक्ती ल्याएर उक्त कार्य भइरहेको छ । उक्त अभियान यहि भदौ २५ गतेसम्म सञ्चालन गरिने छ ।हिमालयन एनिमल रेस्क्यु ट्रष्टसँगको सहकार्यमा सञ्चालन भइरहेको अभियानको पालिकाले आयोजना गरेको हो ।