नेचासल्यान गाउँपालिकाका वडामा सार्वजनिक सुनुवाइ हुने

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका ५ वटै वडामा सार्वजनिक सुनुवाइ हुने भएको छ । जिल्लाको नेचासल्यान गाउँपालिकाले ५ वटै वडाको यहि भदौ २५ गतेदेखी आर्थिक वर्ष २०८०/८१ मा गरेको खर्चहरुको सार्वजनिक सुनुवाइ गर्ने भएको हो ।

पालिकाले भदौ २५ गते वडा नम्बर २ बाट सार्वजनिक सुनुवाइको थालनी गर्ने भएको छ । २६ गते वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम वडा कार्यालय भवनमा तोकिएको छ भने २७ गते वडा नम्बर ४ को वडा कार्यालयमा गर्ने तय भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेलले जानकारी दिनुभयो ।

२८ गते वडा नम्बर ३ को सार्वजनिक सुनुवाइ शहीद कुसुम स्मृति सभाहलमा र वडा नम्बर १ को सार्वजनिक सुनुवाइ भदौ २९ गते भुमेश्वारी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने नेचासल्यान गाउँपालिकाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार