सोलुदधुकुण्ड–७ गार्माले गर्ने वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले आयोजना गरेको वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा भएको छ । जिल्लामै पहिलो पटक असोज ३ गतेदेखी ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।

प्रतियोगिताको लागि २४ टिमले दर्ता गराइएका कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले बताउनुभयो । उहाँका अनुसार २ वटा भलिबल मैदानका साथै कार्यक्रम  सञ्चालनको लागि स्टेज तयार गरिएको छ ।

आजै बुधबार दिँउसो टाइसिट प्रकाशन गर्ने र सोही अनुसार प्रतियोतिगा सञ्चालन हुने कार्यक्रम संयोजक एवं वडा सदस्य कार्कीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार १ सय, ७५ हजार १ सय र ५० हजार १ सयको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयोे ।

यस्तै सान्त्वना हुने टिमलाई नगद २५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ । यस्तै विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारको साथमा ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेन्टर र नव उदयमान खेलाडीलाई नगद २/२ हजारको साथमा ट्रफी र प्रमाण–पत्रको व्यवस्था रहेको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले बताउनुभयो ।

खेलकुदको माध्यमबाट पनि समाजलाई रुपान्तरण गर्न सकिने भएकाले यसलाई वडाले उच्च प्राथमिकतामा राखेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार