टानका बरिष्ठ उपाध्यक्ष शेर्पाद्वारा नियमित उडान गर्न मन्त्री पाण्डेलाई ध्यानाकर्षण

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु । टानका बरिष्ठ उपाध्यक्ष शेर्पाले त्रिभुवन विमानस्थलबाट नियमित उडान गर्न मन्त्री पाण्डेलाई ध्यानाकर्षण गराउनु भएको छ ।

नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सोलुखुम्बुका कर्मा शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरु भएको मर्मत कार्यलाई रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको हो ।

सिंहदरबारस्थित पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री पाण्डेसंग आइतबार भेट गरी वरिष्ठ उपाध्यक्ष शेर्पाले सो ध्यानाकर्षण गराउनुभएको हो ।

पर्यटकीय सिजनमा नियमित उडान रोकेर मर्मत कार्य अगाडी बढाउंदा त्यसले पर्यटन व्यबसायमा नकारात्मक असर पर्ने उहाँको तर्क थियो। शेर्पाले नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकहरुलाई पथ प्रदर्शक र भरिया अनिवार्य गर्न पनि माग गर्नुभयो।

यसो गर्दा एकातिर पर्यटकहरुको सुरक्षामा खतरा पनि नआउने र नेपालीहरुले रोजगारी पनि पाउने भएका कारण पथ प्रदर्शक र भरियाको व्यवस्था अनिवार्य गर्नुपर्ने माग टानको रहेको वहाँले मन्त्री पाण्डेसँग स्पष्ट पार्नुभएको थियो।

द्वितीय उपाध्यक्ष सनम शेर्पासहित मन्त्रालय पुग्नुभएका शेर्पाले गत असार ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ५ थामे आएको बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको शीघ्र पुनः निर्माणका लागि पहल गर्न र त्यस माथी भएका हिमतालहरुको संख्या यकिन गरि तिनिहरुको अवस्था तत्काल सार्बजनिक गर्न पनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार