सोलुदुधकुण्ड नगरपालिकाद्वारा तरकारीे कार्यक्रमका लागि १२ लाख विनियोजन

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले तरकारीे कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले तरकारीे कार्यक्रम सञ्चालन गर्नका लागि वडा नम्बर ६ लाई उक्त रकम विनियोजन गरेको हो ।

यस्तै रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० छनौट गर्दै ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाबाट आगामी आर्थिक वर्षंमा सञ्चालन गरिने प्रमुख आयोजनाहरुको लागि सबै वडाहरुबाट प्राप्त आयोजनाहरुको प्राथमिकीकरणको आधारमा डिपिआर निर्माण गर्ने निर्णय गरिएको छ ।

पर्यटन प्रवर्द्धनको लागि आयोजना गरिने जन्तरघापबाट शुरु हुने एभरेष्ट म्याराथुन दौडमा सोलुखुम्बु जिल्लाबाट सहभागी जनाउने धावकहरुलाई सहयोग स्वरुप ५ लाख रुपैयाँ विनियोजन भएको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

थेक्छेन पेमा छोलिङ गुम्बा, सल्लेरी देखि नगर क्षेत्र भित्रका अर्को गुम्बासम्मको म्याराथुन दौड प्रतियोगिता संचालनको लागि सहयोग स्वरुप  ५ लाख  रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।

नगरपालिका क्षेत्रमा बाढि पहिरो तथा आगलागी जस्ता विपदबाट क्षति भएका प्रभावित ६ घरधुरी परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगर प्रवक्ता शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार