सोलुखुम्बु । एसइई पुरक परीक्षामा सोलुखुम्बुका ४५ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका छन् । कुल परीक्षार्थी मध्ये ४५ प्रतिशत अर्थात १ सय ८८ जना मध्ये ८४ जना मात्र उत्तिर्ण भएका हुन् ।
गत चैत महिनामा भएको एसइई परीक्षामा सहभागी जनाएका मध्ये विभिन्न विषय लागेका १ सय ८८ जनाले पुन पुरक परीक्षामा सहभागी भएका थिए ।
तर सहभागी भएकामध्ये पनि ४५ प्रतिशत मात्रै विद्यार्थीहरुले ग्रेडवृद्वीको परीक्षामा पास गरेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ सय ४ जनाको ननग्रेड आएको छ । जसमा १ जनाको ६ वटा, २ जनाको ५ वटा, १३ जनाको २ वटा र ८८ जनाको १ वटा विषय ननग्रेड आएको छ ।
यसैगरी १४ जनाले बी प्लस, ५२ जनाले बी र १८ जनाले सी प्लस ल्याएर पुरक परीक्षा उत्तिर्ण गरेका छन् ।