विपद् भएको स्थान समयमै पहिचान नहुँदा ठूलो मानवीय क्षति भएको रक्षामन्त्री राईको भनाइ

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताउनु भएको छ ।

मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताउनुभयो ।

उहाँले कतिपय अवस्थामा विपदमा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताउनु भएको छ ।

रक्षामन्त्री राईले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताउनु भएको छ ।

उहाँले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिनु भएको थियो । रक्षामन्त्री राई सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार