माछापुच्छ्रे बैंक सल्लेरीले पनि मनायो २४ औँ वार्षिकोत्सव

सोलुखुम्बु । माछापुच्छ्रे बैंक लिमिटेड शाखा कार्यालय सल्लेरी सोलुखुम्बुले २४ औँ वार्षिक उत्सव मनाएको छ । शाखा कार्यालयले आज एक कार्यक्रमका बिच केन्द्रीय बैंकको २४ औँ स्थापना दिवस मनाएको हो ।

दिवसको अवसरमा शाखा कार्यालय सल्लेरीमा आयोजित कार्यक्रममा शुभकामना आदनप्रदान गरेको शाखा प्रबन्धक रविन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा वित्तीय कर्मचारी मञ्चका जिल्ला अध्यक्ष खगेन्द्र वनसहित विभिन्न वित्तीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

माछापुच्छ्रे बैंकले सल्लेरीमा वि.स. २०७७ असोज ६ गते शाखा स्थापना गरेको थियो । माछापुच्छ्रेको देशभर १६५ वटा शाखाबाट ग्राहकलाई सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ भने २ सय भन्दा स्थानमा एटिएम मेसिन सञ्चालनमा रहेको जनाइएको छ ।

बैंकले आफ्नो २४ औं वार्षिकोत्सव तथा आउँदै गरेका दशैंतिहार र छठलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको छ । बैंक असोज १७ गतेबाट २४ औं वर्ष पार गरी २५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको छ ।

बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत विभिन्न अफरहरू लिन सकिने माछापुच्छ्रे बैंकले जनाएको छ ।

असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना छ ।

बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार