दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना, खोटाङका एकसहित १४ जनाको मृत्यु

 

सोलुखुम्बु । यस वर्षको दसैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा खोटाङका एकसहित १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैंको अवधिमा कोशी प्रदेशमा २ सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जानकारी  दिएको हो ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी धनकुटा र खोटाङमा एक/ एक जनाको मृत्यु भएको छ ।

१२ दिनमा सात हजार ५ सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैंका बेलामा ६ दिनमा १ सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार