सगरमाथा क्षेत्र भ्रमणमा पुगेका पर्यटक फर्किन थाले

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु भ्रमणमा आउने भन्दा फकर्नेको संख्या बढ्न थालेको छ । केही दिन यतादेखी खुम्बु भित्रिने भन्दा बाहिरीनेको संख्या बढ्न थालेको हो ।

तेन्जिङ हिलारी लुक्लाका इन्चार्ज उमेश पन्थीका अनुसार रामेछापको मन्थली र काठमाण्डौँबाट हेलिकप्टरले दैनिक ४ सय जना लिएर आउँदा ५ सय जना पर्यटकहरु बाहिरीने गरेका छन् ।

यस्तै सोही ठाउँबाट जहाज मार्फत २ सय २५ जनासम्म पर्यटकहरु खुम्बु क्षेत्र भ्रमणमा लागि लुक्ला आउँदा लुक्लाबाट ४ सय ५० जनाको हाराहारीले सोलुखुम्बु छाड्ने गरेका छन् ।

पछिल्लो केहि दिन यता खुम्बु भ्रमणमा आउने भन्दा बाहिरीनेको संख्या बढ्दै गएको लुक्ला विमानस्थलले जनाएको छ । खुम्बुमा चिसो समेत बढ्दै गएकाले सगरमाथा क्षेत्र भ्रमण गरी सकेकाहरुले खुम्बु छाड्ने गरेका छन् ।

यस वर्षको सिजनमा साउनेदेखी असोज मसान्तसम्म १० हजार ३ सय ५८ जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार