सोलुखुम्बु, कार्तिक १८ । हाइड्रोपावरको लापरबाहीको सिकार बन्दै बेनी खोलाको पानी सुकेको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरी नजिकै रहेको बेनी खोलाको पानी हाइड्रोपावरको लापरबाहीका कारणले सुक्दै गएको हो ।
पानी सुके सँगै जलप्राणीको अस्थित्व धरापमा पर्न थालेको छ । सधै जसो छङछङ पानी बगिरहने बेनी खोलामा अहिले पानीको खडेरी लागेको छ ।
आयोजनाले मापदण्ड विपरितका गतिविधि गर्दा बेनीखोला गतिबेला सुख्खाग्रस्त बन्न पुगेको छ । यो खोलामा यस बेला पानीको सट्टा बालुवा मात्रै बाँकी छ ।
खोलाको पानी सबै हाइड्रोपावरले लैजादा बेनी खोला सुख्खाग्रस्त बनेको हो । जिल्लामा निर्माण भएका आयोजनाहरुले यस्तै गतिविधि पटक पटक गर्दै आइरहेका छन् ।
तर बेनी हाइड्रोपावरले शनिवार पनि यही हर्कत दोहो¥याएको छ । जसले पर्यवरणमा नै गम्भीर खतरा उत्पन्न भएको छ । आयोजनाको मापदण्ड अनुसार कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने हुन्छ ।
तर १९.२ मेगावाटको यस जलविद्युत आयोजनाले खोलामा भएभरका सबै पानी जलविद्युतमा लैजादा खोला सुख्खा बगरमा परिणत भएको हो ।
जुनबेसीबाट आएको खोला र दुधकुण्डबाट आएको खेलाको संगम स्थल बेनीमा सधै छङछङ खोला बगिरहन्थ्यो तर विद्युत आयोजनाले ति सबै पानी हाइड्रोतर्फ लैजादा यति बेला खोला नै सुख्खा भएको छ ।
जसले गर्दा खोलामा भएका जल प्राणीको अस्थित्व नै गम्भिर संकटमा फसेको छ ।