मुक्लीमा आयोजित भलिवल प्रतियोगिताको उपाधी देउसाको पोल्टामा

  हिमाल समाचार
231 Shares

सोलुखुम्बु, कार्तिक २५ । सोलुखुम्बुको मुक्लीमा आयोजित भलिवल प्रतियोगिताको उपाधी देउसाले पोल्टामा पार्न सफल भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा आयोजना गरिएको खेलको उपाधी देउसाले हात पार्न सफल भएको हो ।

खोटाङको महेश्वरी दोस्रो र मुक्लीेले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँको साथमा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिएको वडाध्यक्ष महेन्द्रदीप राईले बताउनुभयो ।

खेल २२ गतेबाट सुरु भएको खेल चोङ्कोम युङ्कुली टोल विकास संस्था आयोजनामा सञ्चालन भएको उहाँले बताउनुभयो । यस्तै भलिवल खेलमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका प्रभुराम राई नगद रु १ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी लुङ्गी पोसाकमा प्रथम हुने आयोजक टिमलाई २ हजार ५ सय र दोस्रो हुने ओगानेन आमा समूह साबिक ६ लाई १ हजार ५ सय पुरस्कार प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार