सोलुखुम्बु, कार्तिक २७ । सोलुखम्बुको नेचासल्यान गाउँपालिकाको त्रैमासिक बिकासे बजेट १३. ६७ प्रतिशत खर्च भएको छ । जिल्लाको नेचासल्यान गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को साउन, भदौ र असोज महिनामा पुँजीगत तर्फ विनियोजन गरेको १३. ६७ प्रतिशत बजेट खर्च भएको हो ।
कुल विनियोजन गरिएको रकम मध्ये १ करोड ६० लाख ७४ हजार ६ सय १ रुपैयाँ खर्च भएको लेखा अधिकृत नारायणकाजी बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार पालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ११ करोड ७५ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेकोमा १० करोड १४ लाख ५८ हजार ३ सय ९९ रुपैयाँ बाँकी रहेको छ ।