गोर्खा ५ को वडाध्यक्षमा माओवादीका मगर विजयी 

  हिमाल समाचार
21 Shares

काठमाण्डौ, मंसिर १६ । गोरखा नगरपालिका ५ को वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा माओवादीका विष्णु राना मगर विजयी भएका छन् ।

निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतान्तरले पछि पार्दै राना विजयी भएका हुन् ।

रानाले ४८६ मत प्राप्त गरेका छन् भने आलेले ४०२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालकी दुर्गा थापा मगरले ३४५ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पाटीका मंगलबहादुर थापाले ८६ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार