सोलुखुुम्बु, मंसिर २१ गते । खोटाङको रावा बेसी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको भुमिका, स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने मुल नाराका साथ २१ औं सामुदायिक महिला स्वास्थ्य स्वयमंसेविका दिवस मनाइएको छ ।
गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीको प्रमुख आतिथ्य र गाउँपालिका भित्रका वडा अध्यक्षहरुको विशेष आतिथ्यमा गाउँपालिका भित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाहरुबिच हाजिरीजवाफ र वत्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरी मनाइएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थास्थ्य चौकी डुम्रेधारापानीको मातहतमा कार्यरत महिला स्वास्थ्य सेविका टिम दिपा मगर, भक्त कुमारी रिजाल, पदम कुमारी घिमिरे, द्वितीय स्वास्थ्य चौकी दुवेकोलको मातहतमा कार्यरत महिला स्वास्थ्य सेविका टिम टिकामाया खड्का, भोजकुमारी घिमिरे, एसिका गुरुङ टिम भएको थियो ।
यस्तै तृतीय खार्पा स्वास्थ्य चौकीको मातहतमा कार्यरत महिला स्वास्थ्य सेविका टिम सुमित्रा मगर, कुमारी मगर, सावित्रा राई र सान्त्वना लामिडाडा स्वास्थ्य चौकीको मातहतमा कार्यरत महिला स्वास्थ्य सेविका टिम संगिता राई, खुमा श्रेष्ठ, हिरा कुमारी खत्री भएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश नगद रु. ९ हजार, ७ हजार ५ सय, ६ हजार र ३ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी वक्तृत्वकला तर्फ प्रथम वडा नं. हौंचुरका खड्गमाया राई, द्वितीय वडा नं. ४ डुम्रेधारापानीको शोभा पाण्डे, तृतीय डुम्रेधारापानी कै सम्झना पाण्डे र सान्त्वना वडा नं. ५ दुवेकोलका भोजकुमारी घिमिरे भएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद रु.२ हजार, १ हजार पाँच सय, १ हजार र ५ सयको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोहि कार्यक्रमको अवसरमा आर्थिक वर्ष २०८०/०८१ को महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाले गर्नुपर्ने कामको कार्य मूल्याङ्कनको आधारमा प्रत्येक वडाबाट एक/एक जना उत्कृष्ट हुने महिला स्वास्थ्य स्वयंम सेविकाहरु वडा नं. १ कुभिण्डेबाट रामदेवि गुरुङ र वडा नं. २ खार्पाबाट मिना भुजेललाई सम्मन गरिएको छ ।
यस्तै वडा नं. ३ लामिडाडाबाट मिना राई, वडा नं. ४ डुम्रेधारापानीबाट सम्झना पाण्डे वडा नं. ५ दुवेकोलबाट तिर्थमाया गुरुङ र वडा नंं. ६ हौँचुरबाट खड्गमाया राई लाई नगद रु.५/५ हजारको साथमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख कौसल अधिकारीले बताउनुभयो ।