सोलुखुुम्बु, मंसिर २१ गते । सोलुखुम्बुको गार्मा माद्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्धाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा माद्यमिक विद्यालय गार्मामा आज शुक्रबार कम्प्युटर ल्याबको उद्धाटन गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले रिवन काटेर कम्प्युटर ल्याबको उद्धाटन गर्नुभएको हो । यस्तै नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले ताम्रपत्र वाचन गर्नु भएको सहकर्मी दोर्जी तामाङले जानकारी दिनुभयो ।
उक्त कम्प्युटर ल्याबमा नयाँ २४ वटा रहेको र पुरानो समेत गरेर ५० भन्दा बढी रहेकाले एकै पटकमा ५० जना भन्दा धेरै विद्यार्थीले सिक्न सक्ने वातावरणको सिजर्ना भएको प्रधानाध्यापक विनोदसिहं तामाङले बताउनुभयो ।
प्रोजेक्ट लाइफ संस्थाले २४ वटा कम्प्युटर प्रदान गर्नुका साथै फर्निचरको सम्पूर्ण व्यवस्थापन गरेको उहाँको भनाइ रहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको अवसर पारेर उद्धघाटन गरिएको कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, नगर उपप्रमुख गान्धीमाया तामाङ, दोर्पुका वडाध्यक्ष एवं नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, अन्य वडाका वडाध्यक्षहरु, ३ वटै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय अनुसन्धान अधिकृत, कार्यपालिका सदस्य, विभिन्न सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका साथै सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।