सोलुखुुम्बु, मंसिर २१ गते । सोलुखुम्बुको महाकुलुङका दुई विद्यालयमा लैङ्गिक महिला हिंसाको कार्यक्रम गरिएको छ ।
महाकुलुङ गाउँपालिकाको जनसुधार आधारभुत विद्यालय र सगरमाथा विद्यालयमा विविध कार्यक्रम सहित ३३ औं लैङ्गिक महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा “हामी सबै प्रतिबद्धता लैङ्गिक हिसा अन्त्यका लागि ऐक्यवद्धता “ नाराका साथमा कार्यक्रम गरिएको हो ।
जन सुधार आ.विमा चक्लेट दौड, कक्षा १–३ स्मरण दौड, कक्षा ४–५ हिसाब दौड र कक्षा ६–८ निबन्ध लेखन तथा वाचन प्रतियोगिता भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
यस्तै सगरमाथा मा.वि बुङमा कक्षा १–३ चक्लेट दौड, कक्षा ४–५ हिसाब दौड, कक्षा ६–८ हिसाब दौड, कक्षा ९–१२ वतृत्वकला प्रतियोगिता आर्थिक सहयोग जि फाउण्डेसन, स्थानीय साझेदार संस्था पहाडी बिकास संरक्षण समुह नेपाल, आयोजक नवज्योति बालक्लबले कार्यक्रम सञ्चालन गरेको पहाडी बिकास सरक्षण समूह नेपालका शिक्षा अधिकृत नन्दराज राईले बताउनुभयो ।