अपांगता रोकथाम तथा पुन: स्थापनाका लागि सोलुखुम्बुमा झण्डै ३ करोड बजेट विनियोजन

  नवराज सिग्देल
49 Shares

सोलुखुम्बु, मंसिर २२ गते । अपांगता रोकथाम तथा पुनः स्थापनाका लागि सोलुखुम्बुमा झण्डै ३ करोड रकम विनियोजन गरिएको छ ।

हिमाली जिल्ला सोलुका ८ वटा स्थानीय तहलाई गरेर चालु आर्थिक वर्ष २०८१ /८२ का लागि २ करोड ८७ लाख २१ हजार ३ सय ५२ रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

सबैभन्दा धेरै सोलुदुधकुण्ड नगरपालिकामा ५५ लाख ७० हजार ९० रुपैयाँ बजेट विनियोजन भएको करुणा फाउन्डेशन नेपालका संयुक्त जिल्ला कार्यालय ओखलढुंगाका प्रमुख जनार्दन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ३४ लाख ४८ हजार ८ सय १७, माप्यदुधकोशीमा ३७ लाख ८३ हजार १ सय र थुलुङ दुधकोशीमा ४३ लाख ४१ हजार ९० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै नेचासल्यानमा २६ लाख ९ हजार १ सय ३४, महाकुलुङमा ३५ लाख १२ हजार ५०, लिखुपिकेमा २३ लाख ९३ हजार ७ सय ४ र सोताङ गाउँपालिकामा ३० लाख ६३ हजार ३ सय ६७ रुपैयाँ विनियोजन गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।

करुणा फाउण्डेशन नेपालले, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र स्थानीय तहको त्रिपक्षीय लागत समझदारीमा काम गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार