महाकुलुङका शिक्षकलाई ३ दिने पेशागत तालिम प्रदान

  हिमाल समाचार
322 Shares

सोलुखुुम्बु, मंसिर २१ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा शिक्षकहरुलाई ३ दिने पेशागत तालिम प्रदान गरिएको छ । ‘‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता “नारा सहित महाकुलुङ गाउँपालिका र रीड नेपालले शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।

आधारभुत शिक्षकको पेशागत बिकास तालिम अंग्रेजी, गणित र बिज्ञान बिषयको पुनताजर्की तालिमको समापन गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

सिकाई उपलब्धि न्यून देखिएका तीन बिषयहरु अंग्रेजी, गणित र बिज्ञानलाई प्रबिधिमैत्री, बालमैत्री , शिक्षण बिधि जोडिदै सिकाई वृद्धि गर्न, परियोजना कार्य खेल विधि ए ई र लैङ्गकि समानता अपाङ्गता र समाबेशी शिक्षाको महत्त्व उर्जागार गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको रिड नेपालका शिक्षा अधिकृत अर्पन रेग्मीले बताउनुभयो ।

पालिका भित्र शिक्षकहरुको उपस्थितिमा रीड नेपालका विषय बिज्ञ रेग्मी, अभिषेक बिक्रम साह, राजिब ढुंगाना र सुजिता राई ले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बिपना कुलुङ, सामाजिक बिकास पर्खिधन नाछिरिङ, शिक्षा शाखा प्रमुख झमक बहादुर कट्टवाल, लेखापाल धुब्रधन राई, सञ्चारकर्मी तथा पालिका भित्रका ४७ जना उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार