सोलुखुम्बु सरमुकाममा सञ्चालनमा रहेको सल्लेरी च्याल्सा कम्पनीको नाफा २ करोड २२ लाख बढी रहेको छ । कम्पनीले गत अािर्थक वर्ष २०८०÷८१ को खुद नाफा २ करोड २२ लाख ६३ हजार ९ सय ७७ रुपैयाँ रहेको हो ।
उक्त नाफा अघिल्लो वर्ष २०७९/८० को तुलनामा ०.६५ प्रतिशतले वृद्धि भएको कार्यालयका महाप्रबन्धक भोजराज तिवारीले जानकारी दिनुभयो ।
साथै २०७९/८० मा भन्दा २०८०/८१ शेयर ०.६३ प्रतिशतले वृद्धि भएर प्रति शेयर २२.२६ रुपैयाँ रहेको बताइएको छ । यस्तै २०७९/८० मा ४२ लाख ३० हजार ५ सय ६० युनिट विद्युत उत्पादन भएकोमा २०८०/८१ मा ९.०५ प्रतिशतले वृद्धि भइ ४६ लाख १३ हजार ३ सय २० युनिट विद्युत उत्पादन भएको छ ।
कम्पनीसँग हालसम्म १७ करोड ११ लाख ६ हजार ७ सय ३४ रुपैयाँ सञ्चित मुनाफा रहेको पनि महाप्रबन्धक तिवारीले बताउनुभयो ।
हाल सञ्चालनमा ६ सय किलोवाट विद्युत केन्द्रको क्षमतालाई वृद्धि गराएर करिब ३ देखी ४ मेगावाटमा पर्याउने सम्बन्धमा प्राविधिक एवं वित्तीय सम्भाव्यताको अध्ययन तथा अन्य आवश्यक कार्य गर्ने कम्पनीले जनाएको छ ।