गार्माका वडाध्यक्ष शेर्पाले गरे अभिभावक र विद्यार्थीलाई सम्मान

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु, फागुन ३ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले अभिभावक र विद्यार्थीलाई सम्मान गर्नु भएको छ । आज शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर वडाभरीबाट गत शैक्षिक शत्रमा कक्षा १२ उत्तिर्ण गरेका ६ जना विद्यार्थी र उनका अभिभावकलाई गार्माका वडाध्यक्ष शेर्पाले गरे अभिभावक र विद्यार्थीलाई सम्मान गर्नु भएको हो ।

उच्च शिक्षा हासिल गर्नका लागि थप सहयोग होस भन्ने उदेश्यले विद्यार्थीलाई जनही ५ हजारका दरले नगद र अभिभावकहरुलाई प्रमाणपत्र प्रदान गरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । वडामा रहेका विपन्नहरुलाई बेला बेलामा आयोडिनयुक्त नुन वितरण गरेको पनि साथै वडाध्यक्ष शेर्पाको भनाइ रहेको छ ।

यस्तै आफू अघिल्लो पटक नगरपालिकाको कार्य पालिका सदस्य भएको बेलामा पनि गार्मामा रहेका ३५ दलित बस्तीमा आफ्नो सेवा सुविधाले बत्तीको बिल तिरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

कार्यक्रममा कुल कुमारी खड्का, विपना बस्नेत, कर्मा छोटी शेर्पा, निमा दावा शेर्पा, सोनीमाया भुजेल र दिनेश खत्रीलाई उहाँले पाएको सेवा सुविधाबाट सम्मान जानकारी दिनुभयो ।

वडाले गरेको गरेको सम्मानले आगामी दिनमा शिक्षा हासिल गर्न थप उर्जा मिलेको विद्यार्थी विपना बस्नेतले बताउनुभयो। यस्तै छोराछोरीलाई विद्यायल पठाएर अध्ययन गराउने अभिभावकलाई सम्मान गरेकोमा आफू निकै खुसी भएको अभिभावक डोल्मा लामाले बताउनुभयो ।

अनौपचारिक रुपमा भएको कार्यक्रममा गार्माका निर्वाचित जनप्रतिनिधिले गरेका काममा आफू सन्तोष जनक रहेको गणेश कुमार खड्काले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार