देशका धेरै ठाउँमा बदली, लुक्ला विमानस्थलमा ३ दशमलव ३ मिलिमिटर वर्षा

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु, फागुन ३ । आज देशका धेरै ठाउँमा बादल लागेर केही ठाउँमा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बुको लुक्ला विमानस्थलको मापन केन्द्रले ३ दशमलव ३ मिलिमिटर वर्षा मापन गरेको छ ।

यस्तै कास्कीको छोमरोङमा ७ दशमलव ६ मिलिमिटर र मनाङको ताल क्षेत्रमा ५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । बितेको २४ घण्टामा कोशी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

सुदूरपश्चिमको डडेल्धुरा तथा कैलालीका बचिला र बलिया केन्द्रमा फाटफुट वर्षा रेकर्ड भएको छ । यस्तै देशको सबैजसो हिमाली क्षेत्रमा हिमपात भएको विभागले जनाएको छ । केही उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।

अहिले सक्रिय प्रणालीको प्रभावले राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।  भोलिदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

–  फायल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार