ओखलढुंगाको श्रीचौरमा आयोजित भलिवलको उपाधी रागादिपको पोल्टामा

  हिमाल समाचार
2.9k Shares

सोलुखुम्बु, फागुन ३ । ओखलढुंगाको श्रीचौरमा आयोजित भलिवल प्रतियोगिताको उपाधी रागादिपको आफ्नो पोल्टामा पार्न सफल भएको छ । मोलुङ गाउँपालिका ६ वडा कार्यालय श्रीचौरले आयोजा गरेको उक्त प्रतियोगिाताको उपाधी मोलुङ ८ रागादिपले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

१९ टिमको सहभागीता रहेको प्रतियोगिता प्रथम भएको रागादिपले नगद ७० हजार ५ सय ५५, दोस्रो भएको श्रीचौरले ५० हजार ५ सय ५५, तेस्रो भएको लिखु गाउँपालिका ८ टाराकेराबारी युवा समूहले ३० हजार ५ सय ५५ र सान्त्वना भएको रामेछापको गोकुलगंगा गाउँपालिकाले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

विजयी हुने टिमलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । फागुन १ गते बिहिवारबाट सुरु भएको उक्त भलिबल प्रतियोगिताको मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले खेलाडीलाई भलिबल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा ओखलढुंगासहित छिमेकी जिल्लाहरु सोलुुखुम्बुको टाप्टिङ, खोटाङको ऐसेलुखर्क र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका खेलाडीहरुको सहभागी रहेको थियो ।

त्यस्तै सर्बउत्कृष्ट खेलाडीलाई २ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डार र उत्कृष्ट सर्बरलाई एक एक हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम ब्यवस्थापक एवं वडा सचिव दिपक बुडाथोकीले बताउनुभयो ।

सोही कार्यक्रममा तामाङ समुदायले मनाउने महान पर्व २८६१ औं सापुख्री ल्होसारको अवसर परेर फाइनल खेल राखिएको हो ।

भाषा, धर्म कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमले पछिल्लो समयका युवा युवतिहरुले आफ्नो भाषा, धर्म कला, संस्कृति बुल्दै गएकाले सोही किसिमको कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कमल तामाङले बताउनुभयो । ल्होछार कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड साङ्गेतिक प्रस्तुति समेत भएको थियोे ।

कार्यक्रममा मोलुङ तथा सुनकोसी गाउँपालिकाका जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ सस्थामा प्रमुख तथा प्रतिनिधि, स्थानीय कलाकार, शिक्षक, विद्यार्थी तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

अदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवं नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष युवा नेता सुवास तामाङको प्रमुख आतिथ्यतामा तथा मोलुङ ६ का वडा अध्यक्ष तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार