सोलुखुम्बु, फागुन ७ । सोलुखुम्बु जिल्लाबाट निर्वाचित नेपाल सरकारका रक्षामन्त्री समेत रहनु भएका सांसद मानविर राईले ५९ अंक प्राप्त गर्दै तेस्रो हुनु भएको छ । राईले कार्य सम्पादन मुल्यांकनमा सयमा ५९ अंक प्राप्त गर्दै तेस्रो हुनु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २१ जनाको कार्य सम्पादनको मुल्यांकनमा उहाँ तेस्रो स्थानमा आउनु भएको हो । यस्तै भौतिक मन्त्री देवेन्द्र दाहालले भने ७.९ अंक प्राप्त गर्दै अन्तिम हुनु भएको मन्त्रालयले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कानुनमन्त्री अजय चौरसिया १०० अंक प्राप्त गर्र्दै पहिलो र पर्यटनमन्त्री बद्री पाण्डेले ८०. ५५ अंक प्राप्त गर्दै दोस्रो भएको प्रतिवेदनमा जनाइएको छ। यस्तै गृहमन्त्री रमेश लेखकले ५२.६, उद्योगमन्त्री दामोदर भण्डारीले ४८.१, ऊर्जामन्त्री दीपक खड्काले ४७.७, परराष्ट्रमन्त्रीले आरजु राणा ४२.९, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ४०.९, अर्थमन्त्री बिष्णु पौडेलले ३९.२ र वनमन्त्री ऐनबहादुर शाही ३६.६५ नम्बर प्राप्त गरेकाले छन् ।
यस्तै भूमि व्यबस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले ३३.३५, कृषिमन्त्री रामनाथ अधिकारीले २९.४, सहरी बिकासमन्त्री प्रकाशमान सिंहले २६.२५, संघीय मामिलामन्त्री राजकुमार गुप्ताले २५, शिक्षामन्त्री विद्या भट्टराईले २४.५५, खानेपानी मन्त्री प्रदीप यादव २३.३५, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले १८.७५, सञ्चार तथा सूचना प्रबिधिमन्त्री पृथ्वीसुब्बा गुरुङले १८.१५, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १५.३ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी महिला तथा बालबालिका मन्त्री नवलकिशोर साहले १०.७, नेपाल ट्रस्टले १००, तंथ्याक कार्यालयले ६०.७, योजना आयोगले ४१, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले २८.५ अंक, लगानी बोर्ड र सार्वजानिक खरिदले १६.६५/१६.६५ अंक र सतकर्ता केन्द्रले शुन्य अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
– हेर्नुस मन्त्रालयले निकालेको प्रतिवेदन