सोलुखुम्बु, फागुन ८ । खोटाङको रावा बेसी गाउँपालिका–५ दुवेकोलमा सञ्चालित गंगोदय माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सवको अवसरमा अक्षयकोष पुरस्कार वितरण गरिएको छ ।
फागुन ६ गते वि.व्य.स. अध्यक्ष तेज बहादुर राई सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको ६९ औं वार्षिकोत्सवको अवसरमा अक्षयकोष पुरस्कार वितरण गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रममा गाउँपालिका भित्रका अन्तर मा.वि. कक्षा ९–१० स्तरीय छात्र भलिबल प्रतियोगिता, अन्तर मा.वि.कक्षा ९–१२ स्तरीय निबन्ध लेखन प्रतियोगिता, आधारभूत तह कक्षा ६–८ स्तरीय अङ्ग्रेजी माध्यममा हाजिरीजवाफ र आधारभूत तह कक्षा १–५ स्तरीय हिसाब दौड प्रतियोगिता गरिएको थियो ।
यस्तै महिला अभिभावकहरुबीच लक्की चेयर प्रतियोगिता तथा पुरुष अभिभावकहरुबीच छेलो हान्ने प्रतियोगिता लगायत विद्यालयमा स्थापित विभिन्न अक्षयकोष पुरस्कार वितरण लगायको कार्यक्रमहरु गरी सम्पन्न गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
छात्र भलिबल प्रतियोगितामा प्रथम धारापानी मा.वि. धारापानी, द्वितिय शारदा मा.वि. खार्पा, तृतीय देउराली मा.वि. डुम्रेधारापानी र सान्त्वना शारदा मा.वि. हौंचुर भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई क्रमश नगद पन्ध्र हजार, दश हजार, सात हजार र तीन हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा अनुशासित खेलाडी देउराली मा.वि.का अप्सर गुरुङ र उत्कृष्ट खेलाडी धारापानी मा.वि.का प्रविन परियारलाई नगद रु. एक÷एक हजार पुरस्कार प्रदान गरिएको थियो ।
भलिबल खेलको पुरस्कार स्वर्गीय दिलबहादुर गुरुङ स्मृति अक्षयकोषबाट प्रदान गरिएको हो । अन्य प्रतियोगिताका विजेजाहरुलाई नगद, शैक्षिक सामग्रीहरु प्रदान गरिएको थियो ।
निबन्ध लेखन प्रतियोगिता गंगोदय मा.वि.का छात्र राजेश पोखरेल, द्वितीय देउराली मा.वि.का छात्रा फुलमाया मंग्राती, तृतीय गंगोदय मा.वि.का छात्रा कृष्णा कुमारी विश्वकर्मा र सान्त्वना गंगोदय मा.वि. कै छात्रा रमा रेग्मी भएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा गंगोदय मा.वि.समूह– ए प्रथम, देउराली मा.वि. द्वितीय र शारदा मा.वि. हौंचुर तृतीय भएको थियो ।
हिसाब दौड तर्फ कालिका आ.वि. चिण्डे भदौरेका जुलन विश्वकर्मा प्रथम, कालिका आ.वि. कै वर्षा विशुङ्खे द्वितीय, गंगोदय मा.वि.का एलिसा खड्का तृतीय र गंगोदय मा.वि. कै श्रवण तामाङ्ग सान्त्वना भएका थिए ।
त्यस्तै महिला अभिभावकहरुबीच लक्की चेयर प्रतियोगिता मिना राई प्रथम, करिस्मा श्रेष्ठ द्वितीय र दिपा श्रेष्ठ तृतीय भएको थियो र पुरुष अभिभावकहरुबीच छेलो हान्ने प्रतियोगितामा भुपाल पाण्डे प्रथम, चन्द्र बहादुर राई द्वितीय र टिकाराम सुबेदी तृतीय भएका थिए ।
सोही कार्यक्रमको अवसरमा रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङले गंगोदय माध्यमिक विद्यालयलाई १० थान जर्सी प्रदान गर्नु भएको थियो ।
अक्षयकोष पुरस्कार वितरण कार्यक्रम अन्तर्गत स्व. आङ्काजी गुरुङ अक्षयकोष एसइईमा उत्कृष्ट एक छात्र र एक छात्रा पुरस्कृत कार्यक्रम अन्तर्गत २०८० सालको क्भ्भ् मा सबैभन्दा उत्कृष्ट जिपिए ल्याउने दिपेश पाण्डे र करिस्मा श्रेष्ठलाई जनही नगद रु. तेह्र/तेह्र को साथमा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी भरसबहादुर तथा नरमाया गुरुङ अक्षयकोष उत्कृष्ट शिक्षक र कक्षा ८ उत्कृष्ट विद्यार्थी पुरस्कृत कार्यक्रम अन्तर्गत शिक्षक चम्फादेवी निरौला र सन्देश राईलाई जनही नगद रु. ७ हजार ५ सय प्रदान गरी पुरस्कृत गरिएको थियो ।
स्वर्गीय शोभा रेग्मी स्मृति अक्षयकोष कक्षा ७ उत्कृष्ट विद्यार्थी पुरस्कृत कार्यक्रमबाट उत्कृष्ट विद्यार्थी सविन पाण्डेलाई नगद रु. ८ हजार ६ सय प्रदान गरी पुस्कृत गरिएको थियो ।
हितावि शिक्षा स्मृति प्रतिष्ठान कक्षा ८ विपन्न छात्रछात्रा छात्रवृत्ति अन्तर्गत विजय खड्का र सलिना सुनुवारलाई नगद रु. ९/९ हजार प्रदान गरिएको थियो ।
सोहि कार्यक्रममा कालिका आ.वि. चिण्डे भदौरेमा स्थापित युवराज तथा हरिदेवी गुरुङ अक्षयकोष उत्कृष्ट विद्यार्थी पुरस्कृत कार्यक्रम अन्तर्गत कालिका आ.वि. का कक्षा ७ को उत्कृष्ट छात्र सञ्जय निरौला र कक्षा ७ कै छात्रा मुस्कान मगरलाई जनही रु.तिन÷तिन हजार प्रदान गरी पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडा नं. ५ दुवेकोलका वडा अध्यक्ष मन कुमार गुरुङ, रावा बेसी गाउँपालिका पूर्व अध्यक्ष लिलानाथ निरौला, स्वर्गीय आङ्काजी गुरुङ अक्षयकोषका अध्यक्ष युवराज गुरुङ, कार्यपालिका तथा वडा सदस्यहरु, देउराली मा.वि. प्र.अ. किशोर के.सी., विभिन्न विद्यालयका प्र.अ., शिक्षक, अभिभावक, लगायतको उपस्थिति रहेको थियो ।