सोलुमा एकै महिना ३ सय २५ सवारी कारबाहीमा, करिब ३ लाख राजस्व संकलन

  हिमाल समाचार
448 Shares

सोलुखुम्बु, फागुन ८ । सोलुखुम्बुमा एकै महिना अर्थात माघमा ३ सय २५ सवारी कारबाहीमा पर्दा करिब ३ लाख राजस्व संकलन गरिएको छ । जिल्लामा एकै महिनामा ३ सय २५ सवारी साधनलाई कारबाही गर्दा २ लाख ८६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको हो ।

माघमा ट्रक ३२ वटा कारबाहीबाट २५ हजार ५ सय, टिपर ६ वटाबाट ५ हजार, ४ वटा बस कारबाहीबाट ३ हजार ५ सय, २ सय ९ वटा कार तथा जिप कारबाहीबाट १ लाख ५३ हजार र ८ वटा ट्याक्टरबाट ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै ६१ मोटर साइकललाई कारबाही गर्दा ८६ हजार ५ सय, ५ वटा अटो तथा टेम्पो कारबाहीबाट ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख कृष्ण कुमार कटवालले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा २ हजार १ सय ५१ वटा सवारी कारबाहीमा परेका र २० लाख २ हजार ५ सय रुपैयाँ कुल राजस्व प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

आफ्नो साथमा कागजपत्र नराख्ने, क्षमता भन्दा धेरै लोड बोक्ने, मादक पदार्थ खाएर सवारी साधन चलाउने लगायतका नियम  विपरीत कार्य गर्ने कारबाहीमा पर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार