सोलुखुम्बु, फागुन १० । दोश्रो गजुरी अध्यक्ष कप खुला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधी ओखलढुंगाका जनप्रतिनिधिले जितेका छन् । धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको ओखलढुंगाको २ जना जनप्रतिनिधिले जितेका हुन् ।
खुल्ला जनप्रतिनिधि तर्फको उपाधी ओखलढुंगाका २ जना वडा अध्यक्ष गोविन्द तामाङ र राम कुमार राईले हात पार्न सफल हुनु भएको हो ।
फागुन ८ गतेदेखी १० गतेसम्म गजुरी ५ गलौदी कभर्डहलमा भएको उक्त प्रतियोगितामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोबिन्दाराम तामाङ र मानेभञ्ज्याङ गाउँपालिका वडा नः ५ का वडा अध्यक्ष राम कुमार राईले जनप्रतिनिधि तर्फबाट प्रथम हुन सफल हुनु भएको हो ।
उहाँहरूले ३३ हजार ३ सय ३३ रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणप्रत्र प्राप्त गरेको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
यस्तै सेमिफाइनललिस्ट मोलङ गाउँपालिका ८ का वडा अध्यक्ष सुधिर राई र वडा ४ का वडा अध्यक्ष भोलाराज राईको जोडी लिस्टमा पर्न सफल भएको हो ।
उहाँहरूलाई १३ हजार ३ सय ३३ रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको हो । उक्त प्रतियोगिता गजुरी गाउँपालिका धादिङको आयोजनामा सञ्चालन गरिएको थियोे ।