सोलुखुम्बुबाट २५ प्रतिशत मात्रै बने स्थायी शिक्षक, जिल्ला बाहिरका आए ७५ प्रतिशत सोलु

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु, फागुन ११ । सोलुखुम्बुबाट २५ प्रतिशत मात्रै स्थायी शिक्षक बनेका छन् । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परिक्षामा सोलुखुम्बुका २५ प्रतिशत अर्थात २६ जनाले मात्रै स्थायी शिक्षक बन्दै गृह जिल्लाको लागि आफ्नो नाम अटाउन सफल भएका हुन् ।

जिल्ला भरको लागि १ सय ४ जना शिक्षक माग गरिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेले बताउनुभयो । यस्तै सोलुखुम्बुमा शिक्षण गराउनका लागि जिल्ला बाहिरका ७५ प्रतिशत अर्थात ७८ जना शिक्षक आउने भएका छन् ।

सोलुखुम्बुबाट २६ जनासहित कोशी प्रदेशका १४ जिल्लाबाट गरेर ४३ जना, मधेश प्रदेशबाट १५, बाग्मतीबाट ६ जना र लुम्बिनी प्रदेशका २ जनाले सोलुखुम्बु जिल्लामा शिक्षण गराउनका लागि नाम निकालेका हुन् ।

यस्तै कर्णाली प्रदेशबाट २० जना र सुदुरपश्चिम प्रदेशका १८ जनाले सोलुखुम्बु जिल्लालाई अध्यापनका लागि आफ्नो रोजाइमा पारेका छन् ।

यो सँगै शिक्षण पेसा गराउनेका लागि सोलुखुम्बु जिल्ला ३५ जिल्लाको साझा फूलबारी भएको समेत स्थानीयले बताउने गरेका छन् ।

प्राथमिक तहको नियुक्तीको दिन सल्लेरी देउडामय हुने हिमालय मा वि खास्तावका शिक्षक बाल कुमार जमर कट्टेलले सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नु भएको छ ।

पछिल्लो समयमा जिल्ला बाहिरका कर्मचारीले सोलुखुम्बु आएर विभिन्न कार्यालय मार्फत सेवा प्रवाह गरिएका छन् । सोलुखुम्बुमा आएर सेवा प्रवाह गर्नेमा निजामति कर्मचारी र शिक्षक कर्मचारी दुवै रहेका छन्। नाम निकालेर आइसकेकाहरुले  नियुक्ति लिन भने बाँकी रहेको छ ।

–  फायल फोटो   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार