मुकुमलुङ केवलबकारलाई लिएर सोलुमा जसपाको र्‍याली

  हिमाल समाचार
378 Shares

सोलुखुम्बु, फागुन १० । ताप्लेजुङको मुकुमलुङ केवलबकारलाई लिएर सोलुखुम्बुमा जनता समाजवादी पार्टी (जसपा) नेपालले र्‍याली निकालेको छ । आज आइतबार जसपा नेपाल जिल्ला कार्य समितिले ताप्लेजुङको मुकुमलुङ क्षेत्रमा सरकारले अन्याय गरेको भन्दै जिल्ला सदरमुकाम सल्लेरी क्षेत्रमा विरोध सभा गर्दै र्‍याली निकालेको हो ।

उनीहरुले ’केबलकार चाहिँदैन मुक्कुमलुङ धार्मिक,सांस्कृतिक पहिचान मास्न पाइँदैन’ भन्ने नाराका साथ विरोध र्‍याली निकालेको थिए ।

ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गरेर त्यहाँको धार्मिक सांस्कृतिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई मास्ने कामको विरुद्धमा सोलुखुम्बुको ऐक्यबद्धता जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव ल्हाक्पा शेर्पाले रहेको बताउनुभयो ।

मुक्कुमलुङ संरक्षणको पक्षमा उभिएको बताउँदै राज्य आतङ्क विरुद्धमा न्यायको आवाज उठाएको दाबी रहेको छ ।आन्दोलनका घाइतेहरुलाई नेपाल सरकारले उपचार गर्नुपर्ने र सो घटनालाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने जसपा नेपाल सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार