माप्यदुधकोसीका विव्यस र शिअसंघका पदाधिकारीलाई रिड नेपालले दियो तालिम

सोलुखुम्बु, फागुन १३ । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी दुई दिने नेतृत्त्व क्षमता विकास तालिम दिइएको छ ।


तालिममा माप्य दुधकोशी गाउँपालिकामा रीड नेपालले कार्यक्रम संचालन गरिरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ महिला सदस्यहरु गरी ३० जनालाई तालिम दिइएको हो ।

हिमालय मा वि बासामा संचालित तालिममा उद्घाटन सत्र रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रम आज गाउँपालिका उपाध्यक्ष गौरब राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन सत्रमा बोल्दै पालिकाका अध्यक्ष बुद्धिकिरण राईले विद्यालय सुधारमा वि व्य स शि अ संघ महत्त्वपूर्ण जिम्मेवारी हुने भन्दै तालिममा सक्रिय भएर सिक्न अनुरोध गर्दै पालिकाले शिक्षा क्षेत्रलाई महत्त्वपूर्ण लिएको पालिकाको शैक्षिक गुणस्तर सुधारमा रीड नेपालको अतुलनीय योगदान रही आएको भन्दै तालिम आयोजनाको लागि धन्यवाद दिनुभयो ।

त्यस्तै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रसाद भटराईले विद्यालय सुधारका लागि सुशासन व्यवस्थापन तथा समावेशी शिक्षा आफैमा एकदमै महत्त्वपूर्ण शिर्षक भएको भन्दै तालिम आयोजक लाई धन्यवाद दिनुभयो ।

आज समापन कार्यक्रममा तालिममा सहभागीहरुको तर्फबाट बोल्दै चन्द्रोदय आ वि ठुलढुंगाका वि व्य स अध्यक्ष नौवीर राईले आफुले निकै महत्त्वपूर्ण ज्ञान आर्जन गरेको भन्दै सिकेका कुरा विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै रामपुर मा वि का वि व्य स सदस्य विसुमाया राईले तालिमबाट धेरै नयनौला विषयवस्तु थाहा भएको भन्दै कार्यन्वयनमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष गौरब राईले वि व्य स तथा शि अ संघ का सदस्य हरु शैक्षिक क्षेत्रको नेतृत्त्व भएकोले विद्यालय सुधारमा महत्त्वपूर्ण योगदान र भूमिका हुने भन्दै आफ्नो कर्तव्य लाई बहन गर्न आग्रह गर्नुभयो ।

त्यस्तै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले विद्यालयको सुधारको निम्ति सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी हुने भन्दै महत्त्वपूर्ण खम्बाको रुपमा वि व्य स तथा शि अ संघ रहने हुदा उहाहरुलाई पनि तालिमको आयोजना गरेको बताउनुभयो ।

तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गर्दै सकारात्मक र सहकार्य गरेर विद्यालयमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, समावेसी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्त्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, गुनासो सुनुवाई संयन्त्र तथा विपत जोखिम न्यूनीकरण,द्वन्द व्यवस्थापन र कार्ययोजना निर्माण लगाएतका विषयवस्तु समेटिएको आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्याय, फिल्ड अधिकृत निमा शेर्पाले गर्नु भएको थियो ।

तालिम लिए पछी सहभागी हरुले आफुले धेरै कुरा सिकेको भन्दै रीड नेपाललाई धन्यवाद दिदै सिकेका कुराहरु विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार