सोलुखुम्बु, फागुन १५ । खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने उक्त बाँस सम्मेलनको वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।
आजबाट सुरु भएको प्रथम राष्ट्रिय बाँस सम्मेलन १७ गतेसम्म ३ दिन चल्नेछ । सम्मेलनमा बाँसबाट निर्मित विभिन्न सामाग्रीहरुको प्रदर्शन, बाँस साहित्यिक कार्यक्रम, स्थानीय साँस्कृतिक झाँकीहरुका साथै बाँसजन्य विविध कार्यक्रमहरुको आयोजना गरिने राष्ट्रिय बाँस सम्मेलन मुल आयोजक समितिले जनाएको छ ।
बाँस सम्मेलनमा बाँससँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरु, बाँस विज्ञ, बाँस उद्योगमा संलग्न व्यवसायीहरू लगायतको सहभागिता रहने नगर प्रमुख भट्टराईले बताउनुभयो । कार्यक्रममा ३ सय भन्दा बढी अतिथिहरुको उपस्थित हुने जनाइएको छ ।