कार्यक्रम सम्बोधन गर्न एमाले नेता ज्ञवाली सोलुमा, प्रशिक्षण भेलाको सम्पूर्ण तयारी पुरा

  डेनिस थापा मगर
77 Shares

सोलुखुम्बु, फागुन १८ । सोलुखुम्बुले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्न नेकपा एमालेका नेता तथा उप–महासचिव प्रदिप ज्ञवाली सोलुखुम्बु आईपुगेका छन् ।

नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज ज्ञवाली सोलुखुम्बुको सदरमुकाम सल्लेरी आएका हुन् । ज्ञवाली सहित पार्टी सचिव घनश्याम कोइराला र केन्द्रिय सदस्य पर्शुमेघी गुरुङ सोलुखुम्बु आइपुगेका जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले बताए ।

एमाले प्रशिक्षक विभागले तयार गरेको कार्यतालिका अनुसार दैनिक ६ घण्टाका दरले ३ दिन सम्म १८ घण्टा प्रशिक्षण दिईने उनले बताए ।

कार्यक्रममा जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका पदाधिकारीहरु, प्रदेश कमिटिका विभागीय सदस्यहरु सहित सय भन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार