सोलुखुम्बु, फागुन १९ । नेपाललाई बिकास गर्नका लागि नै वर्तमान सरकारको गठन गरिएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भएको छ। आज सोमबारबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेको सरकार गठन भएपछि बनेको सरकारले उल्लेखनीय रुपमा काम गरेको उहाँले बताउनुभयो । देश विकासका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर तीब्र रुपमा काम गरिरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । अहिलेको सरकारले नै सहकारीमा फसेका १४ हजार भन्दा धेरै नागरिकको डुबेको रकम फिर्ता गरिसकेको उहाँको भनाइ रहेको छ ।
आफू प्रधानमन्त्रीबाट हटेको १३ दिनकै दिन बंगलादेश हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आरोप लगाएको नेता ज्ञवालीले बताउनुभयो । साथै प्रचण्डले आफू प्रधानमन्त्रीबाट हटेसँगै कोशी प्रदेशको पुन: नामाकरण गर्नु पर्ने भन्दै भ्रमको खेती गरेको ज्ञवालीको भनाइ रहेको छ ।
देशमा बिकास भइरहेको भए पनि पछिल्लो समयमा भ्रमको खेती व्यापक हुन थालेको उहाँले बताउनुभयो । भौगोलिक हिसाबमा बिकास गर्न गार्हो भए पनि देशका ७७ वटा जिल्ला सडक सञ्जालमा जोडिएको उहाँले बताउनुभयो ।
एमालेले देश, जनता प्रतीको भावना अनुरुप कार्य गर्ने ज्ञवालीले बताउनुभयो । वर्तमान सरकार आएसँगै देशमा राजस्व संकलन समेत वृद्धि भएको उहाँको दाबी रहेको छ । यस्तै नागरिक अप्डेट रहन पुस्तक पढ्ने बानिको अनिवार्य रूपमा आवश्यकता रहेको ज्ञवालीले बताउनुभयो