शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले गर्यो मावि शिक्षक दरबन्दी वितरण

शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले माध्यमिक तहको अनुदान शिक्षक दरबन्दी वितरण गरेको छ । नगर शिक्षा समितिको निर्णयले सोलुदुधकुण्ड नगरपालिकाभित्रमा तीन वटा माध्यिमक विद्यालयहरुमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक नियुक्ति गर्ने गरी शिक्षण सहयोग अनुदान उपलब्ध गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका(३ मा रहेको पिके माध्यमिक विद्यालय लोदिङ, सोलुदुधकुण्ड नगरपालिका(८ को बालेश्वर माध्यमिक विद्यालय घुन्सा, र सोलुदुधकुण्ड नगरपालिका(११ को भिमसेनथान माध्यमिक विद्यालय, मुढेलाई अनुदान दरबन्दी उपलब्ध गरिएको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।

नगरपालिकाभित्रका विद्यालयमा भौतिक संरचनामा खासै कमी नभएको र अब शैक्षिक पाटोको विकासमा लाग्ने मेयर शेर्पाले बताउनुभयो । अब नगरपालिकाको शिक्षाको गुणस्तर बढाउन योजना बनाएर लाग्ने उहाँको भनाइ छ ।

यसका लागि सोलुदुधकुण्ड नगरपालिकाभित्रका सबै सामूदायिक विद्यालयहरुमा सम्बन्धित वडा शिक्षा समितिको नेतृत्वमा आगामी शैक्षिक सत्रबाट लागू हुने गरी बिद्यालयको नतिजाका आधारमा विद्यालय शिक्षकको स्तरीकरण गर्ने र राम्रो गर्ने विद्यालयलाई प्रतिस्पर्धाको आधारमा मापदण्ड बनाएर पुरस्कृत गर्ने निर्णय भएको नगर पालिकाका शिक्षा शाखा प्रमुख सन्तोष कुमार राउतले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार