सोलुखुम्बु, फागुन २६ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा जिल्ला स्तरीय उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण मर्मत तालिम आयोजना गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाले उक्त तालिमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले ब्यानर पढेर औपचारिक रुपमा उद्धाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका निरौलाले वास्तविक किसानले अनुदान पाउनु पर्ने र अनुदान पाएका किसाले सोही अनुसार काम गर्नु पर्ने बताउनुभयो ।
स्तै आफ्नो काम जिल्लामा हुने गरेका विकास तथा आयोजना निमार्णको भएकाले कहि कतै अनुदानको दुरुपयोग भए गरेको थाहा भएमा जानकारी दिन आग्रह गर्नुभयो । उक्त जानकारी पश्चात आफू तत्काल अनुगमनका लागि जाने उहाँको भनाइ रहेको छ ।
यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाका कृषि अधिकृत हेम बहादुर आले मगरले यस तालिमले किसानलाई ठुलो सहयोग पुर्याउने भएकाले ध्यान दिएर तालिममम सिकाइएको कुराहरु सिक्न अनुरोध गर्नुभयो ।
विशेष गरेर मिसेनरी सामान चलाउदा बिग्रिएको खण्डका के कसरी मर्मत गर्ने सम्बन्धीको बारेमा तालिम प्रदान गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कार्यालय प्रमुख दुर्गा बहादुर तिरुवा तथा कार्यालयका कर्मचारी, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भिमलाल तामाङ, किसान लगायतको उपस्थित रहेको थियो । आजबाट सुरु भएको तालिम २८ गते बुधबार समापन गरिने छ ।