मर्यादित र सभ्य भएर होली मनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु, फागुन २६ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गरेको छ । आज सोमबार एक सूचना निकाल्दै कार्यालय यस्तो आग्रह गरेको हो ।

फागु पूर्णिमा (होली) पर्वलाई धार्मिक एवं साँस्कृतिक दृष्टीले मर्यादित र सभ्य ढंगले मनाउँदा मात्र होली फागु पर्वको महत्व सिद्ध हुने भएकाले मर्यादित र सभ्य ढंगले मनाउन प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिले हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै होली मनाउने नाममा कसैको इच्छा विपरीत जवरजस्ती रङ दल्ने, सोला हान्ने, पानी तथा हिलो छाप्ने लगायत अमानवीय, गैरकानूनी र उच्छृंखल किसिमका गतिविधि गर्ने उपर प्रचलित कानून वमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइएको छ । यस वर्षको होली यहि फागुन २९ गते विहिबार पहाडका जिल्लामा तथा चैत १ गते तराईका जिल्लामा परेको छ ।

–  हेर्नुस सूचना   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार